मधेशमा अनुदानको मल खुला रूपमा बिक्री, कोटाको मल गोदाममै अलपत्र
ekantipur.com · Fri Dec 12 18:07:06 GMT 2025

पर्सा — किसानले खोजेका बेला मल नपाइरहँदा बाराका विभिन्न पालिकास्थित निजी पसलमा भने सरकारी अनुदानको मल खुलेयाम बिक्री भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सहकारीहरूमार्फत किसानलाई वितरण गर्ने युरिया, डीएपी र पोटास मल बाराका एग्रोभेट पसलमा छ्यापछ्याप्ती पाइएका हुन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन मधेश प्रादेशिक कार्यालय वीरगन्जको अनुगमन टोलीले मंगलबादरदेखि बिहीबारसम्म लगातार तीन दिन अनुगमन गर्दा यस्तो बेथिति पाएको हो । कार्यालय प्रमुख अमोज लामिछाने नेतृत्वको टोलीले मंगलबार कलैया उपमहानगरपालिकाको अनुगमनका क्रममा ११ पसलमा अनुदानको मल बिक्री वितरण भइरहेको फेला पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)