सवारीसाधन पूजा [तस्बिरहरू]
hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ । बडादशैँको नवमीका दिन आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार महानवमी पर्व मनाइँदैछ । यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ।
राजधानी काठमाडौँस्थित भद्रकाली मन्दिर परिसरमा सवारी साधनको पूजा गर्न आउनेहरूको बिहानैदेखि भीड लागेको छ। चालक तथा सवारीधनीहरूले आफ्ना मोटरसाइकल, कार, ट्याक्सी, बसलगायत सवारीसाधन मन्दिर परिसरमा ल्याएर पूजा गरेका छन् । उनीहरूले सवारीसाधनमा टीका लगाउनुका साथै प्रसाद ग्रहण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)