साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त
khabarhub.com · Tue Oct 20 07:28:36 GMT 2026

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी सेवामा ११ वर्ष बिताइसकेका छन् । बितेका चार वर्षदेखि उहाँ महेन्द्रनगर बजारमा साइकलमा ड्रागन फ्रुट बिक्री गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)