मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर होटलहरूमा यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

techpana.com · Tue Jun 09 15:56:05 GMT 2026

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने गिरोहका १६ जना पक्राउ परेका छन् । यो गिरोहले फेसबुक, ह्वाट्सएप लगायतका डिजिटल माध्यमको प्रयोग गरी युवतीहरूको फोटो तथा भिडिओ पठाएर ग्राहकहरूसँग मोलमोलाइ गर्ने गरेको पाइएको छ । ग्राहकसँग 'सेटिङ' मिलेपछि ट्याक्सी तथा निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतलीका विभिन्न होटलहरूमा पुर्‍याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्ने मुख्य व्यक्तिहरूमा मकवानपुरको मनहरी गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन रहेका छन् । यस्तै, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय विवेक स्याङ्तान र काठमाडौं महानगरपालिका-९ शम्भुमार्ग बस्ने राजकुमार गौतमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)

सम्बन्धित विषय