महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो
canadanepal.com · Tue Oct 20 07:48:18 GMT 2026

भक्तपुर– शारदीय नवरात्रको महानवमीका अवसरमा भक्तपुरस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। वर्षमा एकपटक महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा दर्शन गर्न भक्तजनको भीड लागेको हो।
महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वास रहिआएको छ। यही धार्मिक आस्थाका कारण हरेक वर्ष यस दिन भक्तजन तलेजु भवानीको दर्शन गर्न भक्तपुर पुग्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)