सिमानाका हिल्साको सडक ढलान सम्पन्न
deshsanchar.com · Sat Nov 11 17:15:22 GMT 2023
सिमकोट – नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान सम्पन्न भएको छ। चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएका कारण सामान धुलाम्मे हुन थालेपछि सडकलाई ढलान गरिएको हो।
सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतका अनुसार चिनियाँ सडक कालोपत्रे भएर चिल्लो देखिएका बेला नेपालतर्फ भने धुलाम्मे सडक हुँदा ब्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे हुने भएको कारण तत्काल ढलान गरी सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)