‘संवैधानिक परिषद् विधेयकबारे टिप्पणी नगरौं’
annapurnapost.com · Tue Jul 19 00:56:00 GMT 2022
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद् विधेयक अर्को सभामा दर्ता भएकोले यसबारे टिप्पणी गर्न नहुने बताएका छन्। संसद् सचिवालय सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सापकोटाले राष्ट्रियसभामा दर्ता भएको विधेयकबारे आफूलाई टिप्पणी गर्न उपयुक्त नहुने बताएका हुन्।
संवैधानिक परिषद् विधेयक विषयमा पत्रकारले राखेको जिज्ञासामाथि उनले भने, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अर्को सभामा दर्ता भएकोले यसबारे चर्चा गर्नु मनासिव लागेको छैन। धेरै टिप्पणी नगरौं।’ यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ल्याएको विधेयकलाई दलहरूले विरोध गरे। जुन अहिले पनि अदालतामा विचाराधीन छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)