ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग
kalakarmi.com · Thu Aug 27 06:39:28 GMT 2026

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८८५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो । बाढीका कारण कैयौं नागरिकको ज्यान गएको, धेरै जना बेपत्ता भएको तथा सयौं परिवार विस्थापित भएको बैंकले जनाएको छ । बाढीले बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पु¥याएको बैंकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)