नवदुर्गा भगवतीको विशेष पूजा आराधना
annapurnapost.com · Tue Oct 20 08:12:47 GMT 2026

काठमाडौं : नवरात्रको नवौं दिन मंगलबार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइएको छ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।
दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)