मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मानवअधिकार र लोकप्रियतावादी भ्रमजाल

baahrakhari.com · Tue Oct 20 08:15:54 GMT 2026

दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय व्यवस्था वैधताको सङ्कटमा छ । मानवअधिकार संरक्षण प्रणाली पनि यसबाट अछुतो छैन । राष्ट्रवादी लोकप्रियतावादी भाष्यले मानवअधिकारसम्बन्धी सन्धि र तिनको संरक्षण गर्ने संस्थाहरूलाई घरेलु राजनीतिमा विदेशी हस्तक्षेपका माध्यमका रूपमा चित्रण गरिरहेका छन् । यसरी तिनलाई राष्ट्रिय सार्वभौमिकतामाथिको अलोकतान्त्रिक आक्रमणका रूपमा प्रस्तुत गरिन्छ । विडम्बना, यस्ता भाष्यले ती देशमा समेत प्रभाव पारिरहेका छन् जसले यो व्यवस्था निर्माण गर्न विश्वमै अग्रणी भूमिका खेलेका थिए ।

यस प्रणालीको वैधता पुनर्स्थापित गर्न सिर्जनशील र विश्वव्यापी नेतृत्व आवश्यक छ । बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले आफ्नो नयाँ पुस्तकमा उल्लेख गरेझैँ 'स्थानीय र विश्वव्यापी सबालबीचको घनिष्ठ सम्बन्ध'लाई बुझ्न सक्नुपर्छ । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमसँग अहिले त्यस दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने अवसर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)