‘पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका हैनौं’
baahrakhari.com · Sun Oct 03 01:13:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको बताएका छन् । लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेस डडेल्धुराका केही नेताहरुले थालेको अभियानमा समर्थन जनाउँदै उनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको लडाईँमा सधैँ आजाव उठाइरहने बताएका छन् ।
“नेपाली कांग्रेसभित्र बढ्दै गएको अहंकारी चरित्रको विरोधमा आन्तरिक लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेस डडेल्धुराका साथीहरूले थालेको अभियानमा साथ साथै रहेको छु,” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “पार्टीभित्र आन्तरिक लोकतन्त्रको लडाईँमा सधैँ हामी साथीहरूको पक्षमा आवाज उठाईरहने छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)