लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन सत्ता पक्ष र विपक्षबीच प्रतिष्ठाको दोस्रो लडाइँ
nayapatrikadaily.com · Mon May 31 00:38:00 GMT 2021
सत्ता पक्ष र विपक्षी गठबन्धनको प्रतिष्ठाको विषय बनेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान आज हुँदै छ । बागमती प्रदेशमा सम्पन्न ६ जेठको उपनिर्वाचनमा पराजय भोगेको सत्तारुढ एमाले लुम्बिनीमा पनि कमजोर देखिएको छ ।
अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)