१ अर्ब २४ करोडको बिमा सरेन्डर, व्यतित बिमालेख रकम ३७ अर्ब ३९ करोड पुग्यो
clickmandu.com · Tue Oct 20 08:53:26 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्ममा ७ हजार ६६६ वटा जीवन बिमालेख बिमा समर्पण (सरेन्डर) भएका छन्, जसअन्तर्गत १ अर्ब २४ करोड ५१ लाख समर्पण रकम रहेको छ । त्यसैगरी, १२ लाख २९ हजार ४४६ बिमालेख व्यतित हुँदा व्यतित हुने बिमालेखको रकम ३७ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा १ अर्ब ५४ करोड ११ लाख रुपैयाँको सरेन्डर भएकोमा चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब २४ करोड ५१ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा १९.२० प्रतिशतले कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)