मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानवमीमा पाल्पाका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको घुइँचो

annapurnapost.com · Tue Oct 20 08:54:10 GMT 2026

तानसेन : बडादसैँको महानवमीका अवसरमा पाल्पाका विभिन्न शक्तिपीठ तथा देवीका मठमन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। जिल्लाका पुराना धार्मिक तथा ऐतिहासिक मन्दिर र कोतघरमा पूजा-आराधना गर्ने, जमरा चढाउने र भजनकीर्तन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ। तानसेनको भगवती मन्दिर, भैरवस्थान, रम्भापानी, दर्लामडाँडा र रैनादेवी लगायतका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको भीडभाड रहेको छ।

महानवमीका दिन भक्तजनहरूले घरमा उमारेको जमरा देवी-देवताका मन्दिर, कोतघर तथा शक्तिपीठहरूमा चढाएका छन्। शक्तिपीठहरूमा जमराका साथै देवीलाई वस्त्र, डोरो, चुरा, काँइयो र टीका समेत चढाउने परम्परा रहिआएको छ। नवदुर्गा महानवमीको दिन देवीका मन्दिरहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलि समेत दिने गरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)