शर्माद्वारा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार
ekantipur.com · Fri Jul 22 00:44:57 GMT 2022
काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप अस्वीकार गरेका छन् । संसदीय छानबिन विशेष समितिसमक्ष बिहीबार बयान दिँदै उनले बजेट निर्माणमा आफू र अर्थ मन्त्रालयको टिमबाहेक अरूको संलग्नता नरहेको जिकिर गरेको एक सदस्यले बताए ।
मन्त्रालयका कर्मचारीसँग बयान लिएपछि समितिले बिहीबार शर्मालाई बोलाएको थियो । समितिका ती सदस्यका अनुसार शर्माले जनतालाई सम्झिएर बजेट बनाएको दाबी गरेका छन् । बयानका क्रममा उनले समितिलाई आफूमाथि हरेक कोणबाट छानबिन गर्नसमेत आग्रह गरेका छन् । ‘छानबिनमा पाएको तथ्य र प्रमाणमा टेकेर जनतालाई प्रस्ट पारिदिनुस्, मैले सदनमा पनि भनिसकेको छु, वास्तविकता जे हो, समितिमा पनि भनिसकें,’ शर्माको भनाइ उद्धृत गर्दै अर्का सदस्यले भने । समिति सदस्यहरूले सोधेका प्रश्नको शर्माले एकमुष्ट जवाफ दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)