शिक्षक आन्दोलनको बीचमा शिक्षा कमाण्डरले मैदान छाड्दा ओलीलाई झड्का
barnanmedia.com · Mon Apr 21 21:26:55 GMT 2025

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका पछाडि अनेकन कारण छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टसल त छँदैथियो पछिल्लो पटक शिक्षा मन्त्रालयभित्रैबाट असहयोग हुन थालेको थियो। अझ विद्यालय ठप्प पारेर दुई हप्तादेखि काठमाडौंका सडकमा उत्रिएका शिक्षकको घेराबन्दीमा उनी परेकी थिइन्। शिक्षक महासंघको आवरणमा आन्दोलन भइरहे पनि उनीहरुले शिक्षामन्त्रीलाई टेरेनन्। सिधै प्रधानमन्त्रीसँग कुरा गर्ने बताइरहे, प्रधानमन्त्री ओलीले पनि विषयत मन्त्रालयका मन्त्रीसँग सल्लाह लिन छाडेका थिए। अझ भनौँ भटट्राई आन्दोलन मत्थर पार्ने सुत्र खोजिरहँदा ओली बलिरहेको आगोमा घ्यू थपिरहेका थिए।
यो अवस्थामा भट्टराईसँग दुई विकल्प थिए। पहिलो, अपजस खेपेर बस्ने। दोस्रो, मैदान छाडेर हिँड्ने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)