मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वज्ञरत्न तुलाधरको मुद्दाबाट संसद्ले सिक्नुपर्ने पाठ

ratopati.com · Tue Oct 20 09:25:40 GMT 2026

राज्यशक्तिको वास्तविक मर्यादा त्यसको असीमित प्रयोगमा कहिलेपनि रहँदैन। वास्तविक मर्यादा सधैँ स्वेच्छाचारितालाई निषेध गर्ने संवैधानिक अनुशासनको अभिप्रायमा निहित रहेको हुन्छ। यही धरातलमा शक्ति पृथकीकरण र नियन्त्रणको सिद्धान्तको आधारस्तम्भ टिकेको छ। राज्यको अङ्गको कार्यविभाजन केवल सुनौला अक्षरमा सीमित राख्न बनिएका होइनन्; यो त समग्र राज्य प्रणालीलाई सुदृढीकरण गर्न र स्वेच्छाचारीपनलाई शासकको रगतबाट नामेट पार्नलाई समेत राखिएका हुन्।

स्वयं मनटेस्क्यु, फ्रान्सका राजा लुइ चौधौँको "म नै राज्य हुँ" भन्ने अभिव्यक्तिलाई खण्डित गर्ने क्रममा आजको शक्ति पृथकीकरणको सिद्धान्तको विकास गरेका हुन्। तसर्थ यही मानचित्रमा विकास भएको अवधारणाका नाटककारहरूले आफूलाई सर्वोच्च ठान्नु प्रथम दृष्टिमा नै अनुचित हो। संसारका विभिन्न मुलुकमा यस्ता उदाहरणहरू देख्न सकिन्छ र नेपालमा पनि यो कम पछि भएको भने होइन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)