चार वर्षदेखि छलफलमै अल्झेको कृषि ऐन
gorkhapatraonline.com · Sat Jun 10 06:43:27 GMT 2023
काठमाडौँ, जेठ २७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि ऐनको बारेमा छलफल गर्नुभएको छ । उहाँले शुक्रबार कृषि मन्त्रालयमा सचिव, कृषि विभाग, पशु सेवा विभाग, खाद्य तथा गुणनियन्त्रण विभागका महानिर्देशकलगायत अन्य सरोकारवालालाई राखेर छलफल गर्नुभएको छ । संसद्मा पठाउनका लागि तयारी अवस्थामा रहेको सो ऐनको बारेमा मन्त्री भुसालले थप छलफल गराउनुभएको हो ।
भुसाल मन्त्रीमा आउनुअघि नै कृषि ऐनको मस्यौदा तयार भइसकेको थियो । स्थानीय तह, प्रदेश तथा अन्य मन्त्रालयसँगको राय सुझाव सङ्कलन गरी अन्तिम रूप दिएर तयारी अवस्थामा राखिएको थियो । संसद्मा पठाउनुभन्दा पहिले मन्त्री भुसालले एक पटक मन्त्रालयका अधिकारी तथा सरोकारवालालाई राखेर छलफल गर्नुभएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)