ओलीले आम माफी दिने भनेपछि माधव नेपालको प्रतिक्रिया : यो वाहियात कुरा हो, के गल्ती गरेको छ र हामीलाई माफी दिने ?
reportersnepal.com · Thu Jul 22 17:20:39 GMT 2021
काठमाडौं, ७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले के गल्ती गरेको छ र ? आम माफी दिने कुरा गरेको भन्दै उल्टै प्रश्न उठाएका छन् । आज पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित उनी पक्षधर नेताहरुलाई बाटो बिराएको संज्ञा दिँदै पार्टीमा फर्किन आग्रह गरेका थिए ।
उनले पार्टी एकताको लागि आफू हदैसम्मको लचिलो बन्ने बताएका थिए । उनले त्यसको लागि माधव नेपालसहितका नेताहरुलाई आम माफी दिने बताएका थिए । तर, नेता नेपालले भने आफूनिकट नेताहरुसँग ओलीको उक्त अभिव्यक्तिलाई वाहियात कुरा भएको टिप्पणी गरेका छन् । उनले आफूहरुले के गल्ती गरेको छ र ? आम माफी दिने कुरा गरेको भन्दै प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)