प्रेरक प्रसंग : आत्मविश्वासको परिणाम
nayapatrikadaily.com · Wed Dec 06 00:14:00 GMT 2023
न्युयोर्कमा एडवार्ड ऐनिस नामक एक व्यक्ति बस्थे । उनमा धर्मकर्म र ईश्वरीय अस्तित्वमाथि अत्यन्त विश्वास थियो । तर, आफन्तमाझ भने उनी नै सबैभन्दा निर्धन थिए । गरिबीका बाबजुद उनमा अत्यन्त धेरै आत्मविश्वास थियो । यस गुणका कारण सबैले उनलाई सम्मान गर्थे । निर्धनताकै अवस्थामा उनको जिन्दगीको महत्वपूर्ण हिस्सा बित्यो । एकदिन उनी कुनै स्थान हुँदै कतै गइरहेका थिए ।
त्यत्तिकैमा उनलाई त्यस स्थानमा बहुमूल्य धातु र पर्याप्त सुन भएको आभास भयो । उनले एक ज्योतिषसित पनि यस विषयमा सल्लाह गरे । ज्योतिषले पनि आत्मविश्वासमाथि नै जोड दिए । उनले भने– मेरा हृदय र आत्मा यति निष्कलंक र विकाररहित छन् कि तिनमा भविष्यबारे यस्ता सन्दर्भ ठीक त्यसैगरी देखिन्छन्, जसलाई मैले प्रत्यक्ष देखिरहेको छु । जब मेरो विश्वास दृढ हुन्छ भने त्यसमा सफलताको कुनै सन्देह हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)