मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजी अस्पतालद्वारा कोरोना उपचारबापत १२ करोड माग

ekantipur.com · Sat Jan 29 01:25:24 GMT 2022

चितवन — कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गरेको भन्दै चितवनका दुई मेडिकल कलेजका शिक्षण अस्पतालहरूले सरकारसँग १२ करोड रुपैयाँ भुक्तानी दिन सरकारसँग माग गरेका छन् । चितवन मेडिकल कलेजले ९ सय ६६ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) ले १ सय ७६ जनाको उपचार गरेको विवरण पेस गरेका छन् । तर अस्पतालले निःशुल्क उपचार गरेको भनिएका केही बिरामीले भने आफूहरूले शुल्क तिरेको दाबी गर्दै जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका छन् ।

निःशुल्क उपचारबापत चितवन मेडिकल कलेजले १० करोड ९५ लाख रुपैयाँ भुक्तानी दिन सरकारलाई आग्रह गरेको छ । त्यसैगरी, पुरानो मेडिकल कलेजले १ करोड ३५ लाख रुपैयाँ दाबी गरेको प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले बताए । प्रशासनले निःशुल्क उपचारसम्बन्धी गुनासो वा उजुरी पेस गर्न बिरामीको विवरण नै सार्वजनिक गरेर अपिल गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)