मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

औद्योगिक महोत्सवमा चार करोड व्यापार

barnanmedia.com · Mon Apr 21 22:46:26 GMT 2025

नयाँवर्ष तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजित नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सोमबार सम्पन्न भएको छ । तीन लाखले अवलोकन गरेका उक्त महोत्सवमा करिब रु चार करोडको व्यापार भएको हो ।

‘नयाँ वर्ष नयाँ सोच युवाका लागि छ प्रगतिको स्रोत’ भन्ने नाराका साथ औद्योगिक शान्ति नेपालले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत २८ गतेदेखि सुरु गरेको १२ दिने महोत्सवमा एक सय ५० भन्दाबढी प्रदर्शनी कक्ष रहेका संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । महोत्सव तीन लाख बढीले अवलोकन गरेको जनाउँदै उहाँले करिब रु चार करोडको व्यापार भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)