प्रधानमन्त्री थ्री नेसन्स कपः उपाधिका लागि नेपाल र लाओस भिड्दै
nepalipatra.com · Fri Mar 31 06:03:52 GMT 2023
काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओसले प्रतिस्पर्धा गर्दैछन् । घरेलु टोली नेपाल र लाओसबीचको फाइनल खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताउँदै फाइनल खेलका लागि मानसिक र शारीरिक रुपमा तयार भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)