मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

shilapatra.com · Tue Feb 08 15:07:00 GMT 2022

भोलि (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालय स्रोतका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो ।

भोलिको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । भोलिका लागि बोलाइएको संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)