‘मोटोजीपी इन्डिया’ मा नेपाली टोली
ekantipur.com · Fri Sep 22 01:14:43 GMT 2023
काठमाडौँ — मोटोजीपी इन्डियाको अवलोकनका लागि नेपाली बाइकरहरूको टोली भारततर्फ प्रस्थान गरेको छ । यामाहाका प्रशंसक र बाइकर गरी ९ जना समावेश टोलीले आगामी सेप्टेम्बर २३ र २४ मा उत्तर प्रदेशको नोएडास्थित बुद्ध इन्टरनेसनल सर्किटमा हुने ‘मोटोजीपी इन्डिया’ रेसको अनुभव लिने जनाइएको छ ।
यामाहाले पछिल्लो समय नेपालमा रेसिङलाई संस्कृतिका रूपमा विकसित गर्न विभिन्न गतिविधिहरू गर्दै आएको छ । त्यसअनुसार नै यामाहाले मोटोजीपी प्रत्यक्ष अवलोकन गरी जीवनभरका लागि अविस्मरणीय अनुभव प्राप्त गर्नका लागि यामाहा मालिकहरूलाई आह्वान गरेको थियो । नाम दर्ता गराएकामध्येबाट राइडरहरू संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाह, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का छानिएका हुन् । टोलीको मार्सलका रूपमा भने प्रमोद श्रेष्ठ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)