बेलायतमा एकैदिन ९ हजार बढी संक्रमित
ratopati.com
बेलायतमा कोरोना संक्रमण दर गत फेब्रुअरी २५ यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकअनुसार बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका छन् ।
यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुगेको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै बृद्धि भएको छैन् । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ९२६ पुगेको छ । पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या १७३ पुगेको छ भने हाल एक हजार १७७ जनाको अस्पतालमा उपचार भइरहेको छ । हाल २०६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)