मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई वर्षमा ८५ करोडको पानी निर्यात

ekantipur.com · Wed Sep 13 00:36:07 GMT 2023

काठमाडौँ — नेपालबाट पानी निर्यात हुन थालेको एक दशक बितिसकेको छ । प्रशोधित र अर्धप्रशोधित खनिजयुक्त पानीका कारण निर्यातले पछिल्ला वर्ष थप गति लिन थालेको छ ।

०७०/७१ मा ३४ हजार रुपैयाँ बराबरको ५ सय २८ लिटर पानी निर्यात भएको थियो । त्यसको एक दशकमा गत आर्थिक वर्ष ५४ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको भन्सार विभागको तथ्यांक छ । ०७८/७९ मा ३० करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो । यसअघि ८ वर्षमा ६ करोड ५० लाख १९ हजारको पानी निर्यात भएको तथ्यांक छ । भुटान, भारत, हङकङ, अस्ट्रेलिया, चीन, यूएई, जापान, जर्मनी, फ्रान्सलगायत मुलुकमा पानी निर्यात हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)