चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव
khabarhub.com · Tue Oct 20 11:40:20 GMT 2026

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् । यसरी उपचारमा आउनेहरूमा सवारी दुर्घटना, हृदयघात, स्ट्रोक र खानपानसँग सम्बन्धित बिरामीको सङ्ख्या तुलनात्मक रुपमा धेरै रहेको अस्पतालले जनाएको छ । सिएमसीका कलेजो विभागका प्राडा दयाराम लम्साल करिब तीन दशकको आकस्मिक कक्षको आफ्नो अनुभवलाई मूल्याङ्कन गर्दै चाडपर्वमा खानपानमा सावधानी नअपनाएकै कारण धेरै मानिस अस्पताल आउन बाध्य हुनु परेको बताउँछन् ।
बडादसैँ पर्वका अवसरमा दुर्घटनाका घाइते, मुटु रोग, पक्षघात (स्ट्रोक), विषाक्त खाना, हड्डी अड्किने जस्ता समस्याबाट पीडित व्यक्ति अस्पताल आउने गरेको उनको भनाइ छ । डा लम्सालका अनुसार पकाउँदै गर्दा जलेर, जङ्गली च्याउ खाएर, घरको छतबाट लडेर, दीर्घरोगीले नियमित औषधि नखाइदिएर, करेन्ट लागेर, अनिन्द्रा बसेर समस्या निम्त्याउनेहरूको सङ्ख्या पनि अस्पतालमा उल्लेख्य देखिन्छ । चाडपर्वको समयमा हुने यस्ता समस्यामा अधिक मादक पदार्थ सेवन मुख्य कारण हुने गरेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)