मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कास्कीमा पालिका अस्पताल: कतै बनेका घर प्रयोगविहीन, कतै भवन बनाउनै सकस

ratopati.com · Tue Oct 20 12:15:00 GMT 2026

पोखरा । नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने भन्दै सङ्घीय सरकारले तामझामका साथ देशभरका स्थानीय तहमा अस्पताल निर्माण गर्ने महत्त्वाकाङ्क्षी नीति अघि सार्‍यो । पालिकाको अवस्था हेरेर ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने निर्णय भयो । एकै पटक सबै अस्पतालको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाट गरिदिए । तर घोषणा भएको वर्षौँ बितिसक्दा गण्डकी प्रदेशको राजधानी पोखरासँगै जोडिएका कास्कीका चार गाउँपालिकामा अझै समस्या देखिएको छ ।

कास्कीका चारवटा गाउँपालिकामा अस्पतालको अवस्था फरक फरक छ । अन्नपूर्णले नयाँ भवन बनाएर अस्पताल चलाइसकेको छ भने रुपाले पुरानै संरचना मर्मत गरेर सेवा दिँदै आएको छ । रुपामा नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको छ । मादीमा निर्माण सुरु भएको वर्षौँसम्म भवन अलपत्र छ भने माछापुच्छ्रे गाउँपालिका भने सञ्चालन खर्च धान्न नसकिने र पोखरा नजिकै रहेको भन्दै अस्पताल नै नबनाउने निष्कर्षमा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)