सरकारप्रतिको अपेक्षा
rajdhanidaily.com · Thu Jul 22 23:36:03 GMT 2021
शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न सकेन् । यद्यपि अहिलको सबैभन्दा ठूलो प्राथमिकताको विषय भनेकै सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउनु नै हो । अहिलेको अवस्थामा सबै नागरिकले खोप लगाउन पाउने अवस्था सिर्जना गर्न सकिएमा सुखी र खुसी नेपालीको कल्पना साकार हुन सक्छ । वर्तमान सरकारबाट आम नेपालीले गरेको मुख्य आशा पनि खोप नै हो । त्यसैले प्रधानमन्त्री देउवाले आफू र आफ्नो टिमलाई अहोरात्र खटाएर भए पनि समयमा नै सबैलाई खोप उपलब्ध गराउन सक्नुपर्छ ।
अब प्रधानमन्त्रीले छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिनुपर्छ । कोभिड महामारीको समयमा सबैभन्दा महŒवपूर्ण मानिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत २० वटा मन्त्रालय झन्डै दुई सातादेखि मन्त्रीविहीन अवस्थामा रहेको छ । यसले गर्दा पनि सरकारको काम प्रभावकारी हुन सकिरहेको छैन । मन्त्रीको अभावमा मन्त्रालयहरूले महŒवपूर्ण नीति तथा योजना ल्याउन नसक्दा त्यसले सरकारमाथि नै गम्भीर प्रश्न सिर्जना गरिदिन्छ भन्नेबारेमा प्रधानमन्त्री देउवा प्रस्ट हुन जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)