अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने
ratopati.com · Tue Oct 20 12:41:28 GMT 2026

काठमाडाैँ। अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी (करिब १८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। कम्पनीको यो लगानी डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार, क्लाउड कम्प्युटिङलगायतका क्षेत्रमा केन्द्रित हुनेछ।
बर्लिनमा मङ्गलबार आयोजित सरकारी व्यावसायिक शिखर सम्मेलनका क्रममा अमेजनले यस्तो घोषणा गरेको हो। सुस्त अर्थतन्त्रलाई गति दिन र उच्च प्रविधिका क्षेत्रमा नयाँ लगानी आकर्षित गर्न प्रयासरत जर्मनीका लागि यो घोषणा महत्वपूर्ण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)