अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जना पक्राउ
pahilopost.com · Thu Mar 04 16:56:50 UTC 2021
काठमाडौं : अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नगद २२ लाख ९६ हजार ९ सय ८० रुपैयाँ समेत बरामद गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको क्यासिनो सीएमजी क्लबमा अवैध रुपमा क्यासिनो खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी परिचालन गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)