ग्यास पाइपलाइनको तयारीमा निगम
ekantipur.com · Thu Jul 28 00:49:09 GMT 2022
काठमाडौँ — मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको प्रतिफल राम्रो निस्किएपछि सरकार एलपी ग्यासको पनि पाइपलाइन बनाउने तयारीमा जुटेको छ । पेट्रोलियम पाइपलाइन बनेपछि वार्षिक करिब २ अर्ब रुपैयाँ बचत भइरहेको छ । ढुवानीमा हुने नोक्सानी, भन्सार नाकामा हुने सवारी जाम अन्त भएको छ । इन्धन ढुवानीमा पाइपलाइन उत्तम विकल्प भएकाले नेपाल आयल निगम ग्यास पाइपलाइन बनाउने तयारीमा जुटेको हो ।
निगमका इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका उपनिर्देशक भरत रेग्मीका अनुसार नेपालमा पाइपलाइनमार्फत ग्यास ढुवानी गर्न भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले पटक–पटक प्रस्ताव गर्दै आएको छ । आईओसीले मोतिहारीदेखि चितवनको लोथरसम्म पाइपलाइन बनाउने प्रस्ताव गरेको थियो । त्यसका लागि ‘रुट सर्भे’ पनि भइसकेको छ । सरकारको नीति तथा कार्यक्रममा पनि सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन, चितवनसम्म ग्यास पाइपलाइन र भण्डारण केन्द्र बनाउने योजना समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)