ट्रम्पको कार्यकारी आदेशलाई अदालतले गर्यो खारेज, जन्मका आधारमा नागरिकता पाउने व्यवस्था यथावत्
hamrakura.com · Wed Jul 01 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतले आप्रवासीका सन्तानलाई जन्मका आधारमा दिइने नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई मङ्गलवार खारेज गरिदिएको छ। अदालतको यो ऐतिहासिक फैसलासँगै अमेरिकामा जन्मका आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत् रहने भएको छ।
प्रधानन्यायाधीश जोन रोबर्ट्सले सुनाएको फैसलामा संविधानको १४ औँ संशोधनले हरेक स्वतन्त्र व्यक्तिलाई दिएको अधिकारको सुनिश्चितता गरिएको उल्लेख छ। ६–३ को बहुमतले गरेको उक्त फैसलामा तीन अनुदारवादी न्यायाधीशहरूले तीन उदारवादी न्यायाधीशहरूलाई साथ दिएका थिए। अदालतले फैसलाको रायमा संविधानको १४ औँ संशोधनका निर्माताहरूले यस धर्तीमा जन्मिएका हरेक व्यक्तिलाई जुन वाचा गरेका थिए, आफूहरूले आज त्यसलाई कायम राखेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)