कुवेतबाट नेपाली चेलीको चित्कार
rajdhanidaily.com · Wed Sep 27 23:13:07 GMT 2023
दोहा । वैदेशिक रोजगारीमा लागि कुवेत पुगेकी एक नेपाली महिला अहिले ‘बन्धक’ जीवन बिताउन बाध्य भएकी छन् । भोजपुर षडानन्द नगरपालिकाकी रविना लामा लामो समयदेखि बिरामी छन् । उनको चाहना स्वदेश फर्कनु रहेको छ । तर, उनको स्वदेश फिर्ती सहज बनिरहेको छैन । घर मालिकले मागेको ७ सय ५० केडी अर्थात् करिब ३ लाख २० हजार रुपैयाँ बुझाउन नसक्दा उनी बन्धक बनेकी हुन् । स्वदेश फिर्तीका लागि पहल गरिदिन उनले विभिन्न निकायमा याचना गरिरहेकी छन् ।
करिब पाँच महिनाअघि मात्रै कुवेत पुगेकी लामाको अहिले कम्मरदेखि तलको भाग चल्दैन । शारीरिक रूपमा कमजोर बन्दै गएपछि उनले घर मालिकलाई स्वदेश पठाइदिन आग्रह पनि गरिन् तर घर मालिकले सुनेनन्, बरु उल्टै बन्धक बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)