अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने
nepalnews.com · Tue Oct 20 13:32:21 GMT 2026

बर्लिन। अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी (करिब १८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । कम्पनीको यो लगानी डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार, क्लाउड कम्प्युटिङलगायतका क्षेत्रमा केन्द्रित हुनेछ । बर्लिनमा मङ्गलबार आयोजित सरकारी व्यावसायिक शिखर सम्मेलनका क्रममा अमेजनले यस्तो घोषणा गरेको हो ।
सुस्त अर्थतन्त्रलाई गति दिन र उच्च प्रविधिका क्षेत्रमा नयाँ लगानी आकर्षित गर्न प्रयासरत जर्मनीका लागि यो घोषणा महत्वपूर्ण मानिएको छ । अमेजनका प्रमुख विश्वव्यापी मामिला तथा कानुनी अधिकारी डेभिड जापोल्स्कीले जर्मनीलाई नवप्रवर्तनको केन्द्र तथा युरोपमा लगानीका लागि आकर्षक गन्तव्यका रूपमा व्याख्या गरे । उनका अनुसार कम्पनीले सन् २०१० यता जर्मनीमा १०० अर्ब युरोभन्दा बढी लगानी गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)