आईपीएल क्रिकेटमा दिल्लीको पहिलो जित : कोलकाता ४ विकेटले पराजित
Ujyaaloonline.com · Fri Apr 21 00:33:27 GMT 2023
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । दिल्लीको घरेलु मैदान अरुण जेट्लीमा गएराति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हरायो ।
कोलकाताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका डेविड वार्नरले ५७ रनको अर्धशतकिय पारी खेले । कोलकाताका वरुण चक्रवर्ती, अनुकूल रोय र नितिश राणाले समान २/२ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)