सशस्त्र प्रहरीद्वारा पाँच लाख भन्दा बढीको मालसामान बरामद
hamrakura.com · Fri Feb 26 17:22:00 UTC 2021
नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको विभिन्न स्थानबाट करिब ५ लाख ७७ हजार ७ सय १० रुपैयाँ मूल्य बराबर अवैध मालसामान नियन्त्रण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम मातहत वि.ओ.पि.हरपुर , वि.ओ.पि.भुजहवा, वि.ओ.पि.गुठिप्रसौनी र अस्थायी सुरक्षा बेश रगरगंजबाट जिल्ला नवलपरासी पश्चिम रामग्राम नगरपालिका वडा न.७ उजैनी , पाल्हिनन्दन गाउँपालिका वडा न.२ मुडेरा, ६ पडरी , सरावल गाउँपालिका वडा न. ७ गणेशपुर र भटौलिया, प्रतापपुर गाउँपालिका वडा न .५ मटरा ईलाकाहरुमा खटिई गएको मोबाइल तथा पैदल गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ४ लाख ४२ हजार ७ सय १० रुपैयाँ मूल्य बराबरको किराना सामान, लत्ताकपडा, मोबाइल तथा मोबाइल पार्टसहरु, कस्मेटिक प्रोडक्ट्स, अटोमोवाईल पार्टसहरु नियन्त्रण गरी आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)