मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गीति सन्देश, लघु नाटक, लघु चलचित्रका लागि आयोगले माग्यो रचना, उत्कृष्ट पाँच/पाँचलाई पुरस्कार

baahrakhari.com · Thu Feb 17 01:08:00 GMT 2022

काठमाडौं । निर्वाचन आयोगले निर्वान प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि गीत तथा कथा लेखन प्रतियोगिता आयोजना गरेको छ । बिहीबार सोसम्बन्धी सूचना प्रकाशन गरिएको हो ।

“स्थानीय तहको निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि आयोगबाट निर्वाचनसम्बन्धी विषयमा गीति सन्देश, संवादमूलक सन्देश, लघु नाटक र लघु कथामा आधारित चलचित्र उत्पादन गर्नुपर्ने भएको हुँदा तपसिल बमोजिमका सामग्रीहरूको लेखन प्रतियोगितामा सहभागी हुन चाहने रचनाकारहरूले आफ्ना रचना मिति २०७८ फागुन १६ गतेसम्म कार्यालय समयभित्र यस आयोगको इमेल ठेगाना (voteredu@election.gov.np) मा पठाउना वा कार्यालय समयभित्र आयोगको सचिवालयको निर्वाचन शिक्षा तथा सूचना फेन्टमा खामबन्दी गरी बुझाउनुहुन यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)