ओडिआई मान्यता जोगाउन नेपालसामु चार खेलमा शतप्रतिशत जितको चुनौती
barnanmedia.com · Wed Aug 19 00:30:21 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड, क्यानडा र युएई सम्मिलित पछिल्लो शृंखला सकिएसँगै नेपालको शीर्ष चारमा पुगेर सोझै विश्वकप छनोट खेल्ने सम्भावना निकै कठिन बनेको छ । तर, शीर्ष ६ मा पर्दै एकदिवसीय (ओडिआई) मान्यता जोगाउने अवसर भने नेपालसँग अझै कायम छ ।
हाल स्कटल्याण्ड ३६ खेलबाट ४५ अंकसहित शीर्ष स्थानमा छ । अमेरिका ४३, नेदरल्याण्ड्स ३८, ओमान ३१, नामिबिया २८, क्यानडा २५, नेपाल २४ र युएई १८ अंकसहित क्रमशः दोस्रोदेखि आठौं स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)