प्रभावकारी बन्दै स्वास्थ्य बीमा
newsofnepal.com · Tue Oct 19 01:21:38 GMT 2021
वालिङ ।
वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ । निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास्थ्य जाँच गराउने यहाँका नागरिक पछिल्लो समय स्वास्थ्य बीमामार्फत वालिङमै उपचार गराउन थालेका हुन् । गह्रौँ प्राथमिक अस्पतालमा २०७६ जेठ १ गतेदेखि लागू भएको स्वास्थ्य बीमाबाट स्वास्थ्य जाँच गराउने, औषधि लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको अस्पतालको बीमा शाखामा कार्यरत प्रमोद जिसी ९शङ्कर० ले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)