मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

corporatenepal.com · Tue Oct 20 14:16:16 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । यही कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुने छ ।

फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तरराष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि काठमाडौँस्थित अमेरिकी र अष्ट्रेलियन दूतावास, युनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ । यसैगरी, विद्युतीय टिकटतर्फ ‘हिमालय पे’सँग सम्झौता भएको छ । दर्शकहरुका लागि फिल्म प्रदर्शन निःशुल्क हुने र सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)