शानदार जितका साथ लाइप्जिग च्याम्पियन्स लिगको अन्तिम १६ मा
farakdhar.com · Thu Nov 03 01:01:24 GMT 2022
जर्मन क्लब आरबी लाइप्जिग युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । ऊ गएराति सम्पन्न समूह ‘एफ’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा युक्रेनी क्लब शाख्तर डोनेट्स्कलाई ४–० ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।
शाख्तरको घरेलु मैदान पोलिश आर्मी स्टेडियममा लाइप्जिगलाई जित दिलाउन क्रिस्टोफर एनकुकु, आन्द्रे सिल्भा र डोमोनिक स्जोबोस्जलाइले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)