मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

ratopati.com · Sat Feb 21 18:46:40 GMT 2026

कञ्चनपुर । असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मौन अवधिमा पर्ने होली पर्वलाई मर्यादित र अनुशासित ढङ्गले मनाउन आग्रह छ । शान्ति सुरक्षा र निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आज छ बुँदे निर्देशन जारी गर्दै कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रशासनले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सबै सरोकार भएका निकायलाई संयमता अपनाउन र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ । प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, “आचारसंहिता–२०८२ को पूर्णपालना गर्न तथा उल्लङ्घन गतिविधि भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दछौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)