दलको सदस्यता लिएका शिक्षकबारे जवाफ माग
gorkhapatraonline.com · Thu May 25 06:17:43 GMT 2023
काठमाडौँ, जेठ ११ गते । निर्वाचन आयोगले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहप्राध्यापक पदमा बहाल रहेका व्यक्तिलाई सदस्यता दिएको विषयमा जवाफ मागेको छ । आयोगले कुन कानुनले दिएको अधिकारबमोजिम सदस्यता दिइएको र त्यसरी सदस्यता दिएकोमा किन कारबाही हुन नपर्ने भन्दै दुवै दलसँग जवाफ माग गरेको छ ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार सो विषयमा जसपा नेपालले केन्द्रीय सदस्य रहेको दाबी गरिएका व्यक्ति गत भदौ महिनामै दलबाट राजीनामा दिएको जवाफमा उल्लेख गरेको छ । नेपाली कांग्रेसले भने जवाफ पठाइसकेको छैन । आयोगमा गत वैशाख २९ गते चार जना सहप्राध्यापक सरकारी सेवामा कार्यरत रहँदै दलको सदस्य रहेकाले कारबाहीको मागसहित उजुरी परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)