राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट १० कवि
ekantipur.com · Sat Jun 24 16:32:18 GMT 2023
काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८० मा १० जना कविका रचना उत्कृष्ट रहेको घोषणा गरिएको छ ।
प्रतिष्ठानले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारासहित मुलुकमा बोलिने जुनसुकै मातृभाषामा नेपाली अनुवादसहित रचना आह्वान गरेको थियो । जसअनुसार तोकिएको म्यादभित्र ६ सय ४४ कविले भाग लिएका थिए । तीमध्ये २५ कविले शनिबार आयोजित कविता महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए । वाचितमध्ये १० जना उत्कृष्ट घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)