गोरखामा जन्ती सवार जिप दुर्घटना
onlinekhabar.com · Fri Jun 23 00:28:39 GMT 2023
८ असार, काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुलही लिएर फर्किंदै गरेको जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)