चेक बाउन्समा ५ वर्षकै हदम्याद रहने सर्वोच्चको फैसलाको पूर्ण पाठमा के छ ?
corporatenepal.com · Wed Aug 19 01:37:17 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पुराना चेक अनादर अर्थात् चेक बाउन्ससम्बन्धी मुद्दामा पाँच वर्षकै हदम्याद कायम रहने स्पष्ट पारेको छ। गत असारमा फैसला भएको यो मुद्दाको पूर्ण पाठ अहिले सार्वजनिक भएको हो । जसमा बैंकिङ कसूर तथा सजायसम्बन्धी कानुन संशोधनपछि हदम्याद घटेर एक वर्ष कायम हुँदा पुराना पीडित न्यायिक उपचारबाट वञ्चित हुने भन्दै दायर रिटमाथि संवैधानिक इजलासले व्याख्या गरेको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासले अधिवक्ताद्वय राजकुमार सुवाल र सागर अधिकारीले दायर गरेका छुट्टाछुट्टै रिट खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)