फ्रान्सका प्याट्रिक भिएरा बने सेनेगलको प्रशिक्षक
kendrabindu.com · Wed Aug 19 01:48:40 GMT 2026
डाकार । सेनेगलले १९९८ को विश्वकप विजेता फ्रान्सका प्याट्रिक भिएरालाई आफ्नो देशको फुटबल प्रशिक्षक बनाएको छ। सेनेगल फुटबल संघले मंगलबार भिएराको नियुक्तबारे बताएको छ। भिएराले पापे थिएबको स्थान लिनेछन्। विश्वकपपछि थिएबलाई हटाइएको थियो।
सेनेगलमै जन्मिएका भिएरालाई नियुक्त गर्नुका कारण ‘रणनीतिक कदम’ भएको सेनेगल फुटबल संघले सामाजिक सञ्जालमार्फत् जनाएको छ। ‘हाम्रो देशको खेलकुद महत्त्वाकांक्षामा उच्च स्तरको प्राविधक व्यक्तिसँग मिलेर काम गर्नुपर्ने आवश्यकता’ महसुस गरिएको सेनेगल फुटबलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)