जसलाई पहिले दुब्ली भनेर जिस्काउँथे, अहिले मसल बार्बी भन्छन्
farakdhar.com · Sat Jan 23 17:47:44 UTC 2021
एजेन्सी— केही पहिलेसम्म अत्यन्त पातलो भएकाले दुब्ली भनेर सबैले जिस्काउने यियोन वुलाई आजभोलि मानिसहरु मसल बार्बी भनेर चिन्छन् । किनकि उनले अहिले आफ्नो शरीरलाई निकै आकर्षक बनाएकी छिन्, जिम गरेर । त्यति मात्र होइन, यियोनले त विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्नि जितिसकेकी छिन् । अहिले त उनी इन्टरनेटमा सेलेब्रिटी पनि भएकी छिन्, उनको इन्स्टाग्राममा मात्रै एक लाख ४० हजारभन्दा धेरै फलोअर्स पुगिसकेका छन् ।
३४ वर्षीया यियोनलाई पहिले प्यानिक डिसअर्डर भएको थियो र मानिसहरु उनको नजिक पनि जान चाहँदैनथे । उनले २० वर्षको उमेरमा जिम जान सुरु गरिन् । उनको त्यति बेला लक्ष्य थियो– कमजोरी तथा डरलाई टाढा गर्नु । उनी जसरी पनि बडी बिल्डर बन्न चाहन्थिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)